फलोअप: डुङ्गा पल्टिदा घाइते भएकी महिलाको मृत्यु
पाेखरा | फागुन २०, २०७९
पोखरा: हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकका अनुसार शनिबार दिउँसो फेवातालमा डुङ्गा पल्टिदा ७० वर्षीय याममाया गिरि घाइते भएकी थिईन ।
डुङ्गा पल्टिएपछि रेञ्जर गण एपिएफ र बैदाम प्रहरीले उद्धार गरि गिरिलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएपनि उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।
डुङ्गा पल्टिदा ४९ वर्षीय राजकुमार गिरि, २१ वर्षीय एलिशा गिरि, ४१ वर्षीय खगेन्द्र गुरुङ (चालक), ४९ वर्षीय माया गिरि र २५ वर्षीय विशाल गिरिको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

